गृहपृष्ठ नेप्से २७ अंकले घट्यो

नेप्से २७ अंकले घट्यो

लगातार उकालो लाग्दैआएको धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक आज ‘करेक्सन’ भएको छ । हालसम्मकै उच्च अंकमा पुगेको नेप्से आज २७.११ ले ओरालो लागेर २५३४.३६ अंकमा ओर्लेको छ ।

यस्तै, ‘क’ वर्गका कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०३ अंकले ओरालो लागेर ४६२.५७ अंकमा आइपुगेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकम भने उच्च नै छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार १९४ कम्पनीको एक करोड ५९ लाख ८५ हजार १९८ कित्ता सेयर आठ अर्ब १४ करोड ६२ लाख ६९ हजार १९३ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्से ओरालो लाग्दा बजार पुँजीकरणसमेत घटेको छ । आजको कारोवारपछि ३४ खर्ब १६ अर्ब २१ करोड २४ लाख ६० हजार बराबरको बजार पूँजीकरण भएको छ । कारोवार भएका १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै सेयर उकालो लागेको छ भने १० उपसमूहको सेयर ओरालो लागेको छ । विकास बैंक २५.५२ र वित्त १२.७२ ले उकालो लागे । यस्तै, बैंकिङ ९.४२, व्यापार ४९.४९, होटल ३२.८६, जलविद्युत् २९.७६, निर्जीवन बिमा २३७.१४, उत्पादन ९८.९४, अन्य ३३.६८, लघुवित्त १२८.२४, जीवन बिमा २७४.०३ र सामूहिक लगानी कोष ०.०२ अंकले घटेको छ ।

कारोवारका आधारमा आज गरिमा विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो लघुवित्तको ३४ करोड ७१ लाख ८२ हजार ३६४ बराबरको कारोवार भएको छ । यस्तै, प्रभु बैंक ३० करोड ५८ लाख १८ हजार ३९८, ग्लोबल आइएमई बैंक २९ करोड ४५ लाख ६८ हजार ७२२, डिप्रोक्स लघुवित्त २५ करोड ७५ लाख ३५ हजार ७५७, एनआइसी एशिया बैंक २२ करोड ९१ लाख ६२ हजार ५६८, नेपाल लाइफ इन्स्योरेन्स २१ करोड ७६ लाख ५३ हजार ७५५, हिमालयन डिस्टिलरी २१ करोड ६४ लाख ७३ हजार ४५०, नेपाल दूरसञ्चार कम्पनी २१ करोड २९ लाख ७७ हजार ५९ र नबिल बैंक २१ करोड २७ लाख ८४ हजार ८३२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा गुडविल फाइनान्स ९.९२, श्री इन्भेस्ट फाइनान्स ९.६५, समृद्धि फाइनान्स कम्पनी ९.५२, कालिका पावर कम्पनी ५, नेपाल ल्यूब आयल ४.९८, आँखु खोला जलविद्युत् कम्पनी ४.३८, कामना सेवा विकास बैंक ४.२१, गरिमा विकास लघुवित्त ३.१३ र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले २.०५ प्रतिशतले कमाए ।

त्यस्तै, सर्पोट माइक्रोफाइनान्स ५.८२, निर्धन उत्थान लघुवित्त ५.८१, माउण्टेन इनर्जी नेपाल ५.१९, गुराँस लघुवित्त ४.९५, नेरुडे लघुवित्त ४.७८, छ्याङ्दी हाइड्रोपावर ४.७८, ग्लोबल आइएमई लघुवित्त ४.६९, साधाना लघुवित्त ४.४५ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ४.२९ प्रतिशतले गुमाए ।

प्रकाशित समय १८:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु