गृहपृष्ठ सन्नी लियोन ३ महिने बच्चाको साथमा देखिइन्
सन्नी लियोन ३ महिने बच्चाको साथमा देखिइन्
नायिका सन्नी लियोन यतिबेला तमिल चलचित्र ‘वीर महादेवी’ को सुटिङमा व्यस्त छिन् । साउथ फ्लिपछि सन्नी यस फ्लिममा व्यस्त भएकी हुन् । तर, व्यस्तताकै बीच उनी आफ्नो तीन महिने छोरोको साथ विमानस्थलमा देखिइन् ।
तीन महिने छोराको साथमा सन्नीलाई देखेपछि अपेक्षा अनुसारै उनीतिर क्यामेराहरु तेर्सिए । तर, क्यामराको लेन्सलाई ध्यान नदिइकन सन्नीले स्तनपान गराइन् । मिडियासँग बेखबर सन्नीले आफ्नो तेस्रो सन्तानलाई एयरपोर्टमा स्तनपान गराईरहँदा उनका अरु सन्तान थिएनन् ।
छोरीको साथमा ‘बोल्ड’ फोटोसुट गरी ‘भाइरल’ भइसकेकी सन्नी तीन सन्तानकी आमा हुन् । उनले बाबुको मुख हेर्ने दिन पति डेनियलले आफ्ना सन्तानको साथमा बसेर गराएको फोटोसुट पनि सेयर गरेकी थिइन् ।
बलिउडकी हट नायिका सन्नी तीन सन्तानकी आमा हुन् । उनी तीन सन्तानकी आमा भएकामा खुसी देखिन्छिन् । यही कारण बच्चाको साथ गरिएका फोटो सुट सामाजिक सञ्जालमा सेयर गरिरहन्छिन् ।
प्रकाशित समय १३:१९ बजे

















