गृहपृष्ठ ‘नाचिदेउ फनक्क’ लिएर आए गायक धिरज कोइराला
‘नाचिदेउ फनक्क’ लिएर आए गायक धिरज कोइराला

तीज नेपाली हिन्दू नारीहरुको महान चाड हो । पछिल्लो समय तीजको रौनक बढ्दै जान थालेको छ । यो पर्वमा रौनक मात्र नभएर तडक भडकसमेत बढ्दै जान थालेको भन्दै आलोचना पनि हुने गरेको छ ।
तीजको माहौल बढ्दै जान थालेपछि कलाकारहरुले पनि यसलाई उपयोग गर्ने क्रम पनि बढ्दो छ । तीजलाई लक्षित गरी तीज गीत सार्वजनिक हुन थालेको पनि विगतका वर्षदेखिकै परम्परा हो । यस वर्ष पनि उक्त अभ्यास दोहोरिँदै छ ।
तीजलाई लक्षित गरेरै गायक धिरज कोइरालाले पनि नयाँ तीज गीत ‘नाचिदेउ फनक्क’ लिएर बजारमा आएका छन् । नाचिदेउ छमक्क बोलको उनको तीज गीत युट्युबमा सार्वजनिक भएको छ ।
नाचिदेउ फनक्कमा घमान रानाको शब्द र संगीत रहेको छ । स्वरमा भने कोइरालालाई सीता चन्दले साथ दिएकी छिन् । यो गीत प्रकाश खड्काले छायांकन गरेका हुन् भने, राजेश कुमारको सम्पादन तथा बी. स्टार फ्लिम्स प्रा.ल्लिे दृष्य निर्माण गरेको हो । बिक्रम चौहानको निर्देशन रहेको गीतमा कोइराला, चन्द र चौहानले नृत्य प्रस्तुत गरेका छन् ।
प्रकाशित समय १४:१७ बजे