गृहपृष्ठ फोर्ब्सको सूचीमा यो वर्ष पनि अक्षय कुमार

फोर्ब्सको सूचीमा यो वर्ष पनि अक्षय कुमार

भारतीय अभिनेता अक्षय कुमार फोर्ब्स म्यागजिनको सूचीमा टप हन्ड्रेडभित्र पर्न सफल भएका छन् । विश्वका सबैभन्दा बढी पारिश्रमिक बुझ्ने सेलिब्रिटीको सूचीमा उनी यो वर्ष पनि टप हन्ड्रेडमा परेका हुन् ।

३ अर्ब ६६ करोड भारु आम्दानीका साथ फोर्ब्सको सूचीमा पर्न सफल अक्षय एकमात्र बलिउड अभिनेता हुन् । यो २०१९ को जुनदेखि २०२० को मेसम्मको करअगावैको उनको आम्दानी हो । उनी यो सूचीको ५२औँ स्थानमा छन्, जबकि हलिउड सेलिब्रिटीहरू जेनिफर लोपेज (५६), विल स्मिथ (६९), रिहाना (६०) र ज्याकी च्यान (८०) नम्बरमा परेका छन् ।

गत वर्षको तुलनामा यो वर्ष उनको सूची स्थान भने खस्किएको हो । गत वर्ष ४ अर्ब ९० करोड भारु कमाएका उनी ३३औं स्थानमा थिए ।

प्रकाशित समय १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु