गृहपृष्ठ गोकर्णले ल्याए भ्रष्टाचारविरोधी देशभक्ति गीत
गोकर्णले ल्याए भ्रष्टाचारविरोधी देशभक्ति गीत
देशमा व्याप्त भ्रष्टाचार, बलात्कार र नेताहरुको गलत कामको विरोधमा गीतकार गोकर्ण रुपाखेती ‘शर्मा’ले पहिलो एल्बम ‘जनताको आवाजबाट म त गीत गाउँछु हजुर…’ बोलको गीत बजारमा ल्याएका छन् । भ्वाइस अफ नेपालका चर्चित गायक र गायिका तेजेन्द्र गन्धर्व र वर्ता गन्धर्वको स्वर रहेको उक्त गीतमा नवीन कार्कीले संगीत भरेका छन् ।
साइराम पिक्चर्सले बजारमा ल्याएको भ्रष्टाचारी, दूराचारीको मुटु हल्लाउने उक्त गीतमा गोकर्ण रुपाखेती ‘शर्मा’, आरतीमणि, हरिराम कार्की, राजन थापा, रामचन्द्र घिमिरे, जनु कार्की, लक्ष्मण पौडेल, अप्सरा पौडेल, नवीन कार्की, तेजेन्द्र गन्धर्व, वर्ता गन्धर्वलगायतको अभिनय छ । माधव खरेलको निर्देशन, राजन खरेलको सम्पादन र छायांकन रहेको उक्त भिडियोको निर्माण व्यवस्थापन राजन थापाको रहेको छ । कमला जोशीको कन्सेप्ट रहेकोे उक्त गीतको भिडियोको पोस्ट प्रोडक्सन पिम नेपाल काठमाडौंले गरेको हो ।
प्रकाशित समय १५:५८ बजे

















