गृहपृष्ठ मिस नेवाः कोशीको ग्रान्ड फिनाले आज
मिस नेवाः कोशीको ग्रान्ड फिनाले आज
नोवेल मिस नेवाः को फाइनल आज साँझ ४ बजेदेखि विराटनगरस्थित वीरेन्द्र सभागृह हलमा हुँदैछ । मिस नेवाको ताज आफ्नो शिरमा पहिरन १२ जना प्रतियोगी प्रतिस्पर्धामा छन् । मञ्जिना मुभिज प्रालिको आयोजनामा हुने प्रतियोगितामा यसअघि ट्यालेन्ट सो देखाइसकेका छन् ।
विराटनगर, इटहरी, धरान र विराटचोकमा भएको विभिन्न छनौट चरण पारेर गरेर १२ युवती फाइनलमा प्रवेश गरेका छन् । विराटनगरसहित पथरी, विराटचोक, टंकीसिनवारी, इटहरी, धरानलगायतका युवती छनौट भएका छन् । नेवारी समुदायको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मिस नेवाः आयोजना गर्न लागिएको आयोजक मञ्जिना मुभिजका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी गराए ।
१६ देखि २५ वर्ष उमेर समूहका नेवारी समुदायका युवती प्रतिस्पर्धामा सहभागी छन् । उनीहरुले एसइईदेखि स्नातकसम्म अध्ययन गरेका छन् ।
नेवारी समुदायको भेषभुषा र संस्कृतिप्रति युवापुस्तालाई आकर्षित गर्दै उनीहरूभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन प्रयोगिता आयोजना गरिएको ताम्राकारले बताए । यो तेस्रो शृंखला हो । पहिलोमा रइसा श्रेष्ठ र दोस्रोमा सुधा श्रेष्ठले उपाधि जितेका थिए । यसपटकको मिस नेवाः विजेतालाई टिभिएस कम्पनीको जुपिटर स्कुटी, ५ लाख रुपैयाँबराबरको जीवन बिमासहितका आकर्षक पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत विजेताले प्राप्त गर्ने ताम्राकारले बताए । प्रतियोगितामा राष्ट्रिय स्तरका कलाकारको समेत सहभागिता रहनेछ । यसपटकको मिस नेवाः को टाइटल स्पोन्सर नोवेल मेडिकल कलेज रहेको छ भने मुख्य प्रायोजक रमपम र गुडलाइफ छन् ।
प्रकाशित समय १५:३६ बजे
















