गृहपृष्ठ चिरिञ्जीवीका दुई कृति बजारमा

चिरिञ्जीवीका दुई कृति बजारमा

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता चिरञ्जीवी वाग्लेद्वारा लिखित दुई पुस्तक सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नेता वाग्लेद्वारा लिखित ‘उज्यालोतिरको यात्रा’ र ‘नेपाली साहित्य : मेरो दृष्टि’ नामक दुई पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा देउवाले वाग्लेका कृतिले नेपाली साहित्यको श्रीवृद्धिमा सहयोग पुर्याउने बताए । वाग्लेका यसअघि दुई उपन्यास प्रकाशन भएका छन् । २०७० सालमा ‘बन्धनशालामा खीर’ र ०७२ सालमा ‘बलिदानले बनेको देश’ कृति बजारमा आएका थिए । कार्यक्रममा कांग्रेस उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतले नेपाली भाषा, साहित्यप्रति वाग्लेको लगावको प्रशंसा गरे ।

प्रकाशित समय १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु