गृहपृष्ठ अमेरिकामा रहेका नेपालीले बाबुराम भट्टराईलाई भने– ‘मर्डरर गो ब्याक’ (भिडियोसहित)

अमेरिकामा रहेका नेपालीले बाबुराम भट्टराईलाई भने– ‘मर्डरर गो ब्याक’ (भिडियोसहित)

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई अमेरिकामा रहेका नेपालीले कालो झण्डा देखाएका छन् । जनयुद्धको समयमा तत्कालिन माओवादीका कारण धेरै नेपालीको मृत्यु भएको भन्दै उनीहरुले बाबुराम भट्टराईलाई कालो झण्डा देखाएर विरोध गरेका हुन् ।

संयोजक भट्टराई र पत्नी हिसिला यमी डिसी मेट्रोबाट टेक्सस जाने क्रममा त्याहाँ रहेका नेपालीले नाराबाजी गरेका थिए । नारा लगाएको व्यक्तिलाई संयोजक भट्टराईने दुईहात जोडेर नमस्कार गरेका थिए । तर, सहभागीहरुले भने उनी विरुद्ध चर्को नारा लगाएका थिए ।

भट्टराई विरुद्ध उनीहरुले ‘मर्डरर गो ब्याक’ भन्दै नारा लगाएका थिए । १० वर्षे जनयुद्धको समयमा १७ हजार भन्दा धेरै नागरिकको मृत्यु भएको थियो । अहिले पनि युद्धको समयमा भएको घटनालाई लिएर तत्कालिन माओवादी नेताहरुको विरोध हुने गरेको छ । अहिले माओवादी टुटफुट भएर नेताहरु तितर बितर भएका छन् । तर,उनीहरुलाई विरोध गर्ने क्रम रोकिएको छैन ।

डा. भट्टराईले तत्कालिन माओवादीबाट बाहिरिएर नयाँ शक्ति नेपाल पार्टी गठन गरेका हुन् । गत भदौ २८ गते अमेरिका प्रस्थान गरेका संयोजक भट्टराई सोज २२ गते नेपाल फर्किने कार्यक्रम छ ।

भिडियो फेसबुकबाट

प्रकाशित समय ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु