गृहपृष्ठ राउण्ड टेबल ५ ले डान्डिया नाइट आयोजना गर्ने

राउण्ड टेबल ५ ले डान्डिया नाइट आयोजना गर्ने

राउण्ड टेबल नं. ५ ले विभिन्न सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग संकलन गर्ने उद्देश्यले विराटनगरमा ‘डान्डिया नाइट’ आयोजना गर्ने भएको छ ।

डाण्डिया भनेको मारवाडि समुदायका महिलाहरुले लाठी ठोक्काउदै नाँच्ने नाँच हो ।

भारतको राजस्थान र गुजरातको संस्कृति अनुसार मनाइने डाण्डिया नाँच नेपालमा पनि खासगरी मारवाडी बाहुल्यता क्षेत्रमा मनाउने गरिन्छ । कार्यक्रममा भारतका प्रसिद्ध कलाकारहरुको प्रस्तुती रहने आयोजकले बनाएको छ ।

यही असोज २७ गते शनिबार हुने कार्यक्रमको तयारी तीब्र रुपमा भइरहेको राउण्ड टेबल ५ का पब्लिसिटि कन्भेनर सञ्जीव सिग्देलले जानकारी दिए ।

कार्यक्रमबाट संकलित रकम सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुको पठन पाठनमा खर्च गरिने उनले जानकारी दिए ।

प्रकाशित समय १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु