गृहपृष्ठ मोडल सरुको अर्काे गीत सार्वजनिक

मोडल सरुको अर्काे गीत सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय गीती एल्बम निकाल्ने कलाकार निकै कम छन् । एउटा गीत रेकर्ड गर्ने, त्यसैको म्युजिक भिडियो बनाउने र युट्युबमार्फत रिलिज गर्ने अभ्यास सांगीतिक क्षेत्रमा बढ्दै गएको छ ।

त्यही एउटा गीतले चर्चा पायो भने सिंगो एल्बम निकाल्ने झन्झट नै नहुने भएकाले धेरै गीतमा लाग्ने खर्च एउटै गीतमा गर्ने गर्छन कलाकारहरु । त्यसैले रेकर्ड गरिएको एकै मात्रै गीतलाई भिजुअल बनाएर म्युजिक भिडियोको रुपमा युवटुयुवमा राख्ने चलन बढेको छ ।

यसै क्रममा मोडल सरु गिरीको अर्काे एक भिडियो युवटुयुबबाट सार्वजनिक गरिएको छ । हालै मोडलिङ क्षेत्रमा प्रबेश गरेकी उनको ‘म शिशीर याममा जन्मेको मान्छे’ भन्ने आधुनिक गीत म्युजिक नेपालको आधिकारिक युवट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीत भने ड्रिम डिजिटल प्रालिले तयार पारेको हो । सार्वजनिक गरिएको छोटो समयमै युवटुयुबमा धेरै रुचाइएको गीतमा दर्शकहरुले सकारात्मक कमेन्ट गरेका छन् । मार्मिक शब्द रहेको सो गीतमा मोडल सरु र अरु कलाकारले समेत जीवन्त अभिनय गरेको देख्न सकिन्छ ।

गीतले प्रेमको अनुभूति र घर परिवारबीचमा कसरी फाटो आउछ र सचेत कसरी बन्ने भन्ने सन्देश दिन खोजिएको मोडल सरु बताउछिन् । दसैंको अवसरमा सार्वजनिक सो गीतबारेमा मोडल सरु भन्छिन्, ‘स्लो बिटमा हाँसो, ठट्टा र मायाले भरिएको गीत मन पराउने दर्शक श्रोताहरुका लागि यो गीत दसैंको लागि एउटा राम्रो उपहार हुन सक्छ ।’

विकाश बिकेको स्वर र शव्द रहेको गीतमा नरेन्द्र थापामगरले संगीत भरेका हुन् । बिक्रम कार्कीले खिचेको सो गीतलाई दिल कुमार बिके र केसी कुलले निर्देशन गरेका छन् । गीतमा मोडल सरुलाई दिप केसी र दिपेन्द्र श्रेष्ठले साथ दिएका छन् । यसअघि विक्रम रत्नको ‘उनका पनि सपना’ भन्ने गीतमा सरुले गरेको अभिनय दर्शकहरुले रुचाएका थिए ।

प्रकाशित समय १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु