गृहपृष्ठ नयाँ गल्बन्दी बोलको गीत सार्वजनिक

नयाँ गल्बन्दी बोलको गीत सार्वजनिक

तिहारलाई लक्षित गर्दै देउसी भैलोसँग सम्बन्धित नयाँ नयाँ गीतहरु सार्वजनिक हुन थालेका छन् । दसैंको रौनक सकिएलगतै तिहार लक्षित गीतहरु युट्युवमार्फत सार्वजनिक भइरहेका छन् । यसै क्रममा सर्जक तेजश रेग्मी र सम्झना भण्डारीको आवाजमा तिहार लक्षित ‘नयाँ गल्बन्दी’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतलाई एस थ्री.के. इन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । पुरानो विषयबस्तुमा नयाँ पनसहित सार्वजनिक गरिएको सो गीतको सम्पूर्ण पक्ष उत्कृष्ट रहेको निर्माण पक्षको दावी छ ।

तेजश रेग्मीको लय तथा शब्दमा तयार भएको सो गीतमा सम्झना भण्डारी र तेजश रेग्मीको स्वर रहेको छ । गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाएका निर्देशक शिव विकले भिडियोको निर्देशन गरेका छन् ।

गीतमा निर्देशक तथा मोडल प्रेम थापा र रिना गुरुङको अभिनय देख्न पाइन्छ । दर्जनौं भिडियो निर्देशन तथा अभिनय गरिसकेका मोडल तथा निर्देशक प्रेम थापाले देउसी भैलो गीत मौलिक परम्परामा आधारित भएकोले संकृति जगर्नेना गर्न आफूले सक्दो मेहनत गरेको बताउँछन् ।

प्रकाशित समय १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु