गृहपृष्ठ दुई कृति विमोचित
दुई कृति विमोचित
साहित्य प्रतिष्ठान विराटनगरले प्रकाशन गरेका दुई पुस्तकको आज विमोचन गरिएको छ । रमाप्रसाद रिजालद्वारा लिखित ‘कथा एउटा आँगनको’ र लक्ष्मी श्रेष्ठको हाईकु संग्रह ‘मनका तरंगहरु’को एकै साथ विमोचन भएको हो ।
स्थानीय परोपकार सामुदायिक भवनमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार प्राडा गोपाल भण्डारी, प्राज्ञ गंगा सुवेदी, साहित्यकार दधिराज सुवेदी र आयोजक संस्थाका अध्यक्ष विवश पोखरेलले संयुक्त रुपमा ती कृतिहरुको विमोचन गरे ।
कवि रिजालद्वारा लिखित ‘कथा एउटा आँगनको’ कविता संग्रहमा ३८ वटा कविता समेटिएका छन् । श्रेष्ठ लिखित हाईकु संग्रहमा ५ सय वटा हाइकु समावेश छन् ।
कार्यक्रममा समीक्षकद्वय कविराज न्यौपाने र हरि कट्टेलले विमोचित कृतिहरुको समीक्षा गरेका थिए । यस्तै कवि एवं पत्रकार मिनकुमार नवोदितले कविता संग्रहमा संकलित कविता वाचन गरेका थिए ।
प्रकाशित समय १६:१८ बजे
















