गृहपृष्ठ विराटनगरमा ‘महाभोज’ मञ्चन हुँदै

विराटनगरमा ‘महाभोज’ मञ्चन हुँदै

प्रदेश १ सरकारको आर्थिक सहयोगमा विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन हुने भएको छ । विराटनगरस्थित आरोहण गुरुकुल र लेट्स इन्टरटेनमेन्टसँगको सहकार्यमा मण्डला थिएटर नेपालले आगामी माघ २२ र २३ गते नाटक मञ्चन गर्न लागेको हो ।

भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालय (नेशनल स्कुल अफ ड्रामा)द्वारा हरेक वर्ष आयोजना गरिने एसियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय नाट्य महोत्सव ‘भारत रंग महोत्सव २०२०’मा जानुपूर्व नाटक महाभोजलाई विराटनगरमा मञ्चन गरिने भएको हो ।

प्रसिद्ध भारतीय लेखिका मन्नु भण्डारीद्वारा लिखित नाटक महाभोज पछिल्लो समयको अत्यन्तै चर्चित र दर्शकले सर्वाधिक रुचाएको नाटक हो । अनुप बरालद्वारा निर्देशित उक्त नाटकमा रमेश बुढाथोकी, शेखर चापागाइँ, दयाहाङ राई, सिर्जना सुब्बा, बुद्धि तामाङ, बिजय बराल, विप्लव प्रतीक लगायतको अभिनय छ ।

प्रकाशित समय १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु