गृहपृष्ठ साताको सेयर बजार : साढे ६ अर्बमाथि कारोबार
साताको सेयर बजार : साढे ६ अर्बमाथि कारोबार
धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचकले ‘बुलिस ट्रेण्ड’ पछ्यायो ।
लगातार उकालो लागेको बजार पुनः एक हजार ३०० को विन्दुमा पुग्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार साताभर कूल १८० कम्पनीका कूल एक करोड ६२ लाख ८९ हजारु २४९ कित्ता सेयर ६ खर्ब ५४ अर्ब २७ लाख ८६ हजार ४६४ रुपैयाँमा खरीद बिक्री भए ।
साताको पहिलो दिन नेप्से परिसूचक झण्डै २१ अंकले ओरालो लाग्यो । सो दिन नेप्से २०.७९ विन्दुले ओरालो लागेर एक हजार २७६.६८ मा समेटियो ।
कूल १७४ कम्पनीका २६ लाख ६० हजार ३७ कित्ता सेयर ९६ करोड ५० लाख १८ हजार ६६२ रुपैयाँ मूल्यमा खरीद बिक्री भए ।
यस्तै सोमबार नेप्से झण्डै २४ अंकले वृद्धि भयो । स्टकका अनुसार नेप्से २३.९५ विन्दुले बढेर एक हजार ३००.६२ मा पुग्यो । नेप्सेमा उच्च विन्दुको सुधार देखिँदा कारोवार रकममा भने त्यसको प्रभाव देखिएन ।
कूल १८० कम्पनीका २४ लाख नौ हजार २६२ कित्ता सेयर ९१ करोड ७३ लाख ५९ हजार ८६५ रुपैयाँ मूल्यमा खरीद बिक्री भए ।
यस्तै मङ्गलबार नेप्से सामान्य वृद्धि भयो । त्यस दिन नेप्से ५.५२ अंकले बढेर एक हजार ३०६.१५ मा पुग्यो । मंगलबार कूल १७८ कम्पनीका ३७ लाख ३९ हजार ३९७ कित्ता सेयर एक अर्ब ४० करोड ४ लाख ७६ हजार ८०५ रुपैयाँ मा खरीद बिक्री भयो ।
बुधबार नेप्सेमा झिनो अङ्कले गिरावट आयो । सो दिन नेप्से ०.२७ अङ्कले घटेर एक हजार ३०५.८८ मा थामियो । त्यसदिन कूल १७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता सेयर एक अर्ब २९ करोड ३७ लाख ११ हजार ३८३ मा खरीद बिक्री भए ।
साताको अन्तिम दिन नेप्से उकालो लाग्यो । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक झण्डै २० अङ्कले उकालो लाग्यो । स्टकका अनुसार नेप्से १९.५१ विन्दुले बढेर एक हजार ३२५.३८ मा पुग्यो ।
नेप्से उकालो लाग्दा कारोबार रकममा समेत उच्च अंकको वृद्धि भयो । कूल १७८ कम्पनीका ४६ लाख दुई हजार १०१ कित्ता सेयर एक अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ रुपैयाँ मूल्यमा खरीद बिक्री भए ।
यस साता स्कटकमा सनराइज बैंकका ऋणपत्र सूचीकृत भए । स्टकका अनुसार ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएका हुन् ।
प्रकाशित समय १६:५४ बजे

















