गृहपृष्ठ सरकारबाट बाहिरिनु उचित नभएको निष्कर्ष
सरकारबाट बाहिरिनु उचित नभएको निष्कर्ष
शनिबार बसेको नेपाल समाजवादी पार्टीको बैठकले तत्काल सरकारबाट बाहिरिनु उचित नभएको निष्कर्ष निकालेको छ ।
पार्टीको बैठकले सरकारमा रहेका पदाधिकारी बैठकले तत्काल बाहिरिनु उचित नहुने निष्कर्ष निकालेको पार्टी स्रोतले जनाएको छ ।
बैठकले सरकारसँग दु्ईबुँदे सम्झौता कार्यान्यनका सन्दर्भमा छलफल गर्न ४ सदस्यीय कार्यदल समिति पनि गठन गरेको छ ।
कार्यदलमा पार्टी अध्यक्ष डा.बाबुराम भट्टराई, नेताहरु उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ रहेका छन् ।
यी हुन् बैठकका निर्णयहरु
१. प्रधानमन्त्रीद्वारा सत्तासाझेदार दल समाजवादी पार्टीसँग कुनै परामर्श नगरी हालै भएको मन्त्रीमण्डल पुनर्गठन संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएकोले यसप्रति हामी गम्भीर असहमति प्रकट गर्दछौं ।
२. असहमत भएका विषय र हाम्रो पार्टीसँग भएको दुई बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा सरकार र सरकारसम्बद्ध पार्टी नेकपासँग वार्ता गर्न वार्ता समिति निर्माण गरेका छौं ।
३. वार्ता समितिमा संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सह अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहनुभएको जानकारी गराउँदछौं ।
प्रकाशित समय ०९:२० बजे

















