गृहपृष्ठ कोपा लिबेर्तादोरिस : ३८ वर्षपछि जित्यो फ्लामेन्गोले उपाधि
कोपा लिबेर्तादोरिस : ३८ वर्षपछि जित्यो फ्लामेन्गोले उपाधि
लामो समयपछि कोपा लिबेर्तादोरिसको उपाधि ब्राजिलियन क्लब फ्लामेन्गोले जित हात पारेको छ ।
दक्षिण अमेरिकी देशका फुटबल क्लबहरुबिचको सबैभन्दा ठूलो प्रतिस्पर्धाका रुपमा लिइने कोपा लिबेर्तादोरिसको उपाधि जितेपछि सो क्लव र समर्थकले विजय उत्सव नै मनाएका छन् ।
साबिक विजेता अर्जेन्टिनी क्लब रिभर प्लेटलाई पराजित गर्दै फ्लोमेन्गोले उपाधि जितेको हो । गएको वर्ष बोका जुनियरलाई पराजित गरेर रिभर प्लेटले उपाधि जितेको थियो ।
फ्लामेन्गोले सन् १९८१ यता पहिलो पटक कोपा लिबेर्तादोरिसको उपाधि जितेको छ । (एजेन्सी)
प्रकाशित समय ०९:३९ बजे

















