गृहपृष्ठ सकियो मतदान, आजैदेखि मतगणना हुने
सकियो मतदान, आजैदेखि मतगणना हुने
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका रिक्त ५२ पदका लागि ३७ जिल्लाका विभिन्न स्थानमा आज भएको मतदान सकिएको छ । मतदान गर्ने अवधि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको थियो ।
निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार प्रारम्भिक अनुमानमा ६७ प्रतिशतभन्दा बढी मत खसेको छ । केही स्थानमा सामान्य घटना हुनुबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । अहिले मतपेटिका संकलन कार्य भइरहेकाे निर्वाचन आयोगले जनाएकाे छ । आयोगका अनुसार मतपेटिका संकलन सकेपछि राजनीतिक दलहरुबीच सहमति गरी आजै बेलुकादेखि मतगणना सुरु गरिने तयारी भइरहेको छ ।
उपनिर्वाचनका लागि ५ हजार २ सय ५२ कर्मचारी खटिएका थिए । विभिन्न राजनीतिक दल र स्वतन्त्रका गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रकाशित समय १७:५९ बजे

















