गृहपृष्ठ भक्तपुर प्रदेश सभामा कांग्रेस उम्मेदवार भडेल विजयी
भक्तपुर प्रदेश सभामा कांग्रेस उम्मेदवार भडेल विजयी
प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नं १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल विजयी भएका छन् । भडेल निकटतम प्रतिद्वन्द्वीभन्दा २२ सय ४३ मतान्तरले विजयी भएका हुन् ।
निर्वाचन आयोगका अनुसार भडेलले १३ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार डिपी ढकालले भने ११ हजार २ सय ५ मत मात्रै प्राप्त गरे । अन्तिम मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।
यसअघि उक्त क्षेत्रमा नेकपाका हरिशरण लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका जीवन खत्रीले भने ९ हजार ९ सय ७७ मत प्राप्त गरेका थिए ।
प्रकाशित समय १२:१७ बजे

















