गृहपृष्ठ पदक थप्दै नेपाल : ५ स्वर्ण, १ रजत र १ कास्यसहित अग्रस्थानमा

पदक थप्दै नेपाल : ५ स्वर्ण, १ रजत र १ कास्यसहित अग्रस्थानमा

ट्रायथोलनको महिलातर्फ स्वर्ण विजेता सोनी गुरुङ ।

५ स्वर्ण, १ रजत र १ कास्य गरी ७ पदक जित्दै १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)काे पदक तालिकामा नेपाल अहिलेसम्म अग्रस्थानमा रहेकाे छ ।

कराँतेमा मण्डेकाजी श्रेष्ठले स्वर्ण जित्दै नेपालका लागि खाता खोलेका थिए । नेपालले अहिलेसम्म तेक्वान्दोमा दुई स्वर्ण पदक जितेको छ । गोविन्दबहादुर आले र कमल श्रेष्ठले तेक्वान्दोमा स्वर्ण पदक जितेका हुन् ।

madekaji shrestha
मण्डेकाजी श्रेष्ठ ।

त्यस्तै करातेतर्फ महिला टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ । टिम कातामा पाकिस्तानलाई पराजित गर्दै सरु कार्की, निर्मला तामाङ र संगीता मगरले जितेका हुन् । महिला ट्रायथलनमा पनि नेपालले स्वर्ण पदक जितेको छ । पोखरामा भएको महिला ट्रायथलनमा सोनिका गुरुङले स्वर्ण पदक जितेकी हुन् । करातेको व्यक्तिगत महिला एकल कातातर्फ चञ्चला दनुवारले रजत पदक जितेकी छन् ।

यसअघि सोमबार बिहान भएको पुरुषतर्फको ट्रायथलनमा नेपालका नितेश मानन्धरले कास्य पदक हात पारेका थिए ।

करातको महिला टिम काताका खेलाडीहरू ।

 

प्रकाशित समय १३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु