गृहपृष्ठ प्रहरी कार्यालयमै तोडफोड भएपछि कोहलपुरमा अनिश्चितकालीन कर्फ्यू
प्रहरी कार्यालयमै तोडफोड भएपछि कोहलपुरमा अनिश्चितकालीन कर्फ्यू
२४ जना आन्दोलनकारी घाइते
ट्रकले बालिकालाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि तनावग्रस्त बनेको कोहलपुरमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । स्थिति नियन्त्रणमा लिन अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको बाँकेका सहायक सीडीओ कृष्णकान्त उपाध्यायले बताए ।
उनका अनुसार पूर्वतर्फ रोहीनी खोला, पश्चिमतर्फ किरण खोला, उत्तरतर्फ नौबस्ता र दक्षिणतर्फ बपिपरीचोकसम्म लागु हुनेगरी कर्फ्यू लगाइएको हो । आक्रोशित भीडले इलाका प्रहरी कार्यालय कोहलपुरको क्यान्टिनमा समेत तोडफोड गरेको छ ।
यसअघि भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएपछि केही आन्दोलनकारी घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगा लागेर डीएसपीसमेत घाइते भएकाे प्रहरीले जनाएकाे छ । दुवैतर्फका २४ जना घाइते भएको बताइएको छ ।
आइतबार बिहान ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिँदा कोहलपुरकी १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । आक्रोशित विद्यार्थीले ठक्कर दिने ट्रक जलाएका छन् ।
प्रकाशित समय १५:३६ बजे

















