गृहपृष्ठ चीनबाट नेपाली विद्यार्थी भन्छन्- कृपया हामीलाई घर फर्काइदिनुहोस् (भिडियाे)
चीनबाट नेपाली विद्यार्थी भन्छन्- कृपया हामीलाई घर फर्काइदिनुहोस् (भिडियाे)
चीनमा रहेका नेपाली विद्यार्थीहरू ।
चीनबाट फैलिएको कोरोना भाइरसले अहिले विश्व नै त्रासमा छ । सोही क्रममा चीनमा पढ्न गएका नेपालीहरुले पनि चीनमा निकै अप्ठेरोमा परेको बताइरहेका छन् ।
बुधबार चीनमा उभयमिन्जु युनिभर्सिटी एनसीमा मेडिकल अन्तिम वर्षमा पढ्ने नेपाली विद्यार्थीहरुले एक भिडियो बनाएर ट्वीटरमा राख्दै आफूहरुलाई स्वदेश फर्काउन नेपाल सरकारलाई गुहारेका छन् ।
भिडियोमा उनीहरुले २२ जनवरीदेखि आफूहरुलाई कोरोना भाइरसका कारण खान, पिउनलाई निकै असहज भएको बताएका छन् । भिडियोमा एक विद्यार्थीले भनेका छन्, ‘हाम्रो परिवारमा पनि निकै चिन्ता भएको छ । हामी अहिले स्वस्थ छौं । यदि सो भाइरसले हामीलाई संक्रमण गरे हामी एअरपोर्टमै छिर्न पाउँदैनौं, कृपया जतिसक्दो हामीलाई चाँडो घर फर्काइदिनुहोस् ।’
चीनको वुहानबाट नेपाली विद्यार्थीको गुहार!
शंकट्मा आफ्नो देश फर्किन पाँउ भनेर याचना गर्नु पर्ने ? उनीहरुको ठाउँमा आफुलाइ राखेर हेरौ अनि उनीहरुको परिवारमा आफ्नो परिवार देखौ। #werwithuguys pic.twitter.com/rf1hpGQfLB— युवा (Yuvraj) (@yuvrajdai) February 6, 2020
प्रकाशित समय १७:४२ बजे

















