गृहपृष्ठ एक खर्ब कम राजस्व उठ्ने भएपछि बजेट लक्ष्य घटाइयो
एक खर्ब कम राजस्व उठ्ने भएपछि बजेट लक्ष्य घटाइयो
चालू आर्थिक वर्षमा झन्डै एक खर्ब रुपैयाँ कम राजस्व संकलन हुने देखिएपछि अर्थमन्त्रालयले बजेटका खर्चको लक्ष्य नै झन्डै दुई खर्बले घटाएको छ ।
अर्थमन्त्रालयद्वारा बुधबार सार्वजनिक गरिएको चालू आर्थिक वर्षको पहिलो ६ महिनाको बजेट समीक्षाअनुसार यस वर्ष कुल ८ खर्ब ८८ अर्ब रुपैयाँ मात्रै राजश्व संकलन हुने संशोधित लक्ष्य राखिएको छ । यो सुरु बजेट अनुमानभन्दा करिब १ खर्ब रूपैयाँ कम हो ।
चालू आर्थिक वर्षमा बजेट सार्वजनिक हुँदा ९ अर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन हुने लक्ष्य राखिएको थियो ।
स्रोत परिचालन नै कमजोर भएपछि बजेटका आकार पनि घटाइएको छ । अर्थमन्त्रालयका अनुसार यस वर्ष पनि बजेट १३ खर्ब ८५ अर्ब रुपैयाँमात्र खर्च हुनेछ । सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले चालूतर्फ विनियोजित बजेटको ९४.५ प्रतिशत र पुँजीगततर्फ ८०.१ प्रतिशत खर्च हुने अनुमान गरिएको बताए ।
प्रकाशित समय १७:५५ बजे

















