गृहपृष्ठ अमेरिकामा ज्यान गुमाउनेको संख्या बढ्दै, एकै दिन २८ सयको मृत्यु
अमेरिकामा ज्यान गुमाउनेको संख्या बढ्दै, एकै दिन २८ सयको मृत्यु
आठ लाख १८ हजार ३६६ जनामा संक्रमण, ४५ हजार २९६ को ज्यान गयो
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २ हजार ७८२ जना संक्रमितको ज्यान गएको छ । अहिलेसम्म अमेरिकामा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ हजार २९६ पुगेको छ ।
मंगलबारको तुलनामा बुधबार बिहानसम्म करिब ८ सयको हाराहारीमा ज्यान गुमाउनेको संख्या थपिएको छ । सोमबार अमेरिकामा एक हजार ९३९ जनाको ज्यान गएको थियो भने त्यो संख्या बढ्दै मंगलबार दिनभर २ हजार ७९२ जना संक्रमितको ज्यान गएको छ ।
अहिलेसम्म अमेरिकामा आठ लाख १८ हजार ३६६ जनामा कोरोना देखिएको छ । गएको २४ घण्टामा मात्रै त्यहाँ २५ हजार ६०७ जनामा नयाँ संक्रमण देखिएको छ भने कोरोना संक्रमित मध्ये ८२ हजार ९ सय २३ जना उपचारपछि घर फर्किसकेका छन् भने १४ हजार १६ संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
प्रकाशित समय १२:२२ बजे

















