गृहपृष्ठ भारतले अतिक्रमण गरेको भूमिनजिक नेपाली सुरक्षा फौज तैनाथ (९ तस्बिर)
भारतले अतिक्रमण गरेको भूमिनजिक नेपाली सुरक्षा फौज तैनाथ (९ तस्बिर)
भारतद्वारा अतिक्रमित भूमि कालापानी र लिपुलेकनजिक दार्चुलाको व्याँस गाउँपालिका- छाङरूमा सशस्त्र प्रहरी बलले सीमा निगरानी चौकी (बीओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापाले बुधबार बीओपीको उद्घाटन गरे । चौकीमा इन्स्पेक्टरको कमाण्डमा २५ जना सशस्त्रका जनशक्ति खटाइएको । टोलीलाई नेपाली सेनाको हेलिकप्टरबाट त्यहाँ पुर्याइएको हो ।
भारतले नेपाली भूमि अतिक्रमण गरेपछि सो क्षेत्रमा सुरक्षा फौज तैनाथ गर्ने सरकारले निर्णय गरेको थियो । सशस्त्रले आफ्नो काम सुरू भएसँगै अस्पतालसहितको भौतिक संरचना समेत बनाउने भएको छ । सो क्षेत्रकाे नेपाली भूमि समेटेर केही समयअघि भारतले आफ्नो राजनीतिक नक्सा प्रकाशन गरेकाे थियाे । गत शुक्रबार मात्र नेपालकै भूमि भएर तिब्बतकाे मानसराेवर जाने सडक उद्घाटन गरेपछि नेपालमा त्यसकाे चाैतर्फी विराेध भइरहेकाे छ ।


तस्बिर: सशस्त्र प्रहरी बल।
प्रकाशित समय २०:५५ बजे

















