गृहपृष्ठ वायु सेवा सञ्चालक संघद्वारा बजेटको स्वागत
वायु सेवा सञ्चालक संघद्वारा बजेटको स्वागत
वायु सेवा सञ्चालक संघ नेपाल (आयोन)ले समग्र पर्यटन क्षेत्र र पर्यटन व्यवसायीलाई सम्बोधन गरेको भन्दै बजेटको स्वागत गरेको छ । आगामी आर्थिक वर्षको बजेटले नेपाली वायु सेवा कम्पनीले भुक्तान गर्नुपर्ने पिर्किङ शुल्क, वायुसेवा सञ्चालन अनुमति नवीकरण दस्तुर, उडान योग्यता प्रमाणपत्र दस्तुर र हवाई इन्धनमा लाग्ने गरेको पूर्वाधार कर छुटले पर्यटन क्षेत्रलाई निकै राहत मिलेको आयोनले जनाएको छ ।
त्यस्तै, बजेटमार्फत २०७६/७७ को आय विवरणअनुसार लाग्ने आयकरमा २० प्रतिशत छुट दिने व्यवस्थाले पनि वायु सेवा कम्पनीहरूलाई लाभ मिलेको आयोनको विज्ञप्तिमा उल्लेख छ । ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने, पर्यटन व्यवसायका कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन ५० अर्बको छुट्टै कोष खडा गर्ने विषयहरू पनि स्वागतयोग्य भएकाले राष्ट्र बैंकको जारी गर्ने मौद्रिक नीतिमा पनि समेट्न आयोनले माग गरेको छ ।
संघले हवाई इन्धनको मूल्य अन्तर नेपाल र भारतमा धेरै रहेको तथ्य प्रस्तुत गर्दै मूल्य समायोजनका लागि पनि आग्रह गरेको छ ।
प्रकाशित समय १७:१५ बजे

















