गृहपृष्ठ बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु, यस्ता छन् एजेन्डा

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु, यस्ता छन् एजेन्डा

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकको औपचारिक सुरुवात गर्ने क्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ-आफ्नो धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ ।

लामो समयदेखि प्रतिक्षा गरिएको नेकपाको स्थायी कमिटी बैठक यसअघि दुई पटक अन्तिम समयमा स्थगित गरिएको थियो । आन्तरिक विवादको उत्कर्षमा पुगेकाले दुवै पक्षले आ-आफ्नो अनुकूल हुनेगरी बैठकको तयारी गरेका छन् । यसअघि वैशाख २५ र ३१ गते स्थायी कमिटी बैठक बोलाएर पनि अन्तिम समयमा स्थगित थियो ।

बैठक सरकारको कामका सम्बन्धमा तीनवटा विषयमा केन्द्रित भएर छलफल हुनेछ । कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा बैठकमा छलफल हुनेछ भने सरकारको कामअन्तर्गत नेपालको सीमा समस्या र समाधानका विषयमा पनि छलफल हुनेछ । त्यस्तै पार्टी एकताका बाँकी काम, एमसीसी र विविध शीर्षमा बैठकमा छलफल गर्ने कार्यसूची स्थायी कमिटी सदस्यलाई जानकारी गराइएको छ ।

छलफलका कार्यसूची :

प्रकाशित समय १३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु