गृहपृष्ठ देशभर ७०७ जनामा संक्रमित थपिए, काठमाडौं उपत्यकामा २००

देशभर ७०७ जनामा संक्रमित थपिए, काठमाडौं उपत्यकामा २००

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ७ सय ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहीबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका २०० जना रहेका छन् । जसमा काठमाडौंमा १७४ जना रहेका छन् भने ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् ।

हालसम्म देशभर संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।पछिल्लो २४ घण्टामा देशभर २४६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् भने देशभर निको हुनेको संख्या १७ हजार ९६४ पुगेको छ । हाल देशभर ११ हजार ५५५ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १२६ पुगेको हो । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौं, मकवानपुर र सप्तरीका १–१ तथा पर्साका ३ जना गरी ६ जनाको मृत्यु भएको जानकारी दिए ।

प्रकाशित समय १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु