गृहपृष्ठ विप्लव समूहका दुई नेता पक्राउ
विप्लव समूहका दुई नेता पक्राउ
प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहकी केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । भुजेलसँगै चन्द समूहका अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेलसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी तिलक भारतीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भारदहमा प्रहरीसँग अभद्र गरेको व्यवहारमा उनीहरू विरुद्ध मुद्दा चलाएको छ । अन्तरिम व्यवस्थापिकामा विधायकसमेत बनेकी चन्द समूहका पूर्वपोलिटब्यूरो सदस्य भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले मंगलबार पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेको थियो ।
नेपाल सरकारले चन्द समूहको नेकपामाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।
प्रकाशित समय १७:२४ बजे
















