गृहपृष्ठ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु
नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु
फाइल तस्बिर ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बिहान ११ बजेका लागि यसअघि नै तय भएको बैठक बिहीबार बिहान मात्र दिउँसो ३ बजेका लागि सारिएको थियो ।
बैठकमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने एकजना राष्ट्रिय सभा सदस्यको टुंगो लाग्ने र नेकपाको विवाद समाधानका लागि गठन भएको कार्यदल प्रतिवेदनबारे छलफल हुने बताइएकाे छ ।
आजको बैठकबाट राष्ट्रिय सभा सदस्य बनाउन सरकारलाई आग्रह गरिएको यसअघिकै निर्णयलाई यथावत राख्नेबारे निष्कर्षमा पुग्ने एक नेताले जानकारी दिए । यसअघि माघमा बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गरेको थियो ।
प्रकाशित समय १५:५२ बजे

















