गृहपृष्ठ नबिल बैंकले ७.७५ प्रतिशत ब्याजदरमै सेयर कर्जा दिने

नबिल बैंकले ७.७५ प्रतिशत ब्याजदरमै सेयर कर्जा दिने

nabil-bank-newskarobar

नबिल बैंकले दोस्रो बजारमा सेयर लगानीका लागि वार्षिक ७.७५ प्रतिशत ब्याजदरमा सेयर कर्जा दिने भएको छ । लगानीकर्ताले ७.७५ प्रतिशत ब्याजमा नेप्सेमा कारोबार हुने सेयर धितो राखेर नबिल बैंकबाट ५० लाख रुपैयाँ अथवा त्योभन्दा बढी ऋण लिन पाउने भएका हुन् ।

बैंकका जुनसुकै शाखाबाट सेयर धितो कर्जा लिन सक्ने बैंकले जनाएको छ । नबिल बैंकका देशभर ११९ शाखा र १८५ वटा एटीएम काउन्टर छन् ।

प्रकाशित समय १५:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु