गृहपृष्ठ चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने
चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीकाे उपचार खर्च सरकारले बेहाेर्ने सरकारले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पाैडेलले जानकारी दिएका छन् ।
राष्ट्रीय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्री परिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।
— Bishnu Prasad Paudel (@bpaudel1959) November 12, 2020
कोरोना भाइरसबाट संक्रमित केसीकाे मेडिसिटी अस्पतालमा आइसोलेसनमा राखी उपचार भइरहेको छ । उनको लामो समय अस्पतालमा राखी उपचार गर्नुपर्ने भन्दै राष्ट्रिय जनमोर्चाले पार्टी कार्यकर्ता र शुभेच्छुकहरूलाई सहयोगका लागि आह्वान गरेको थियो ।
प्रकाशित समय ११:३९ बजे

















