गृहपृष्ठ ४५ मिनेटमै सकियो नेकपाको सचिवालय बैठक, ओली र प्रचण्डका पत्रबारे छलफल

४५ मिनेटमै सकियो नेकपाको सचिवालय बैठक, ओली र प्रचण्डका पत्रबारे छलफल

लामाे रस्साकस्सीपछि आज बसेकाे सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई पठाएका पत्रबारे छलफल भएको छ ।

बैठकका लागि कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले ओलीलाई सहमतिमा बैठक बस्न आग्रह गरेको पत्र त्यसको जवाफमा अध्यक्ष ओलीले प्रचण्डलाई लेखेको पत्रका बारेमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले बताए । उनका अनुसार पार्टीमा देखिएको समस्या समाधानका सन्दर्भमा अध्यक्ष प्रचण्डले तयार गरेको प्रस्तावका बारेमा पनि बैठकमा छलफल भएको छ ।

आजको सचिवालय बैठकमा स्थायी कमिटीको बैठक पछाडि जारी गरिएको अन्तर्पार्टी निर्देशिका सबै सचिवालयका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिएको पनि श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालयको बैठक ४५ मिनेटमै सकिएको थियो । बैठक पुन: पार्टी सचिवालयको बैठक ३ मंसिर १ बजे बस्ने प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित समय १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु