गृहपृष्ठ संसद विघटनको विरोध गर्दै नेकपाका हजारौं नेता-कार्यकर्ता सडकमा

संसद विघटनको विरोध गर्दै नेकपाका हजारौं नेता-कार्यकर्ता सडकमा

संसद विघटनको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले आज देशभर ‘शक्ति प्रदर्शन’ गरिरहेको छ । प्रदर्शनमा हजारौं नेता-कार्यकर्ता सडकमा उत्रिएका छन् । यसै क्रममा काठमाडौंका विभिन्न १३ स्थानबाट विरोध र्‍याली निकालिएको छ । र्‍याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल, नेताहरू झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित समय १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु