गृहपृष्ठ नेकपा दुवै समूहको स्थायी समिति बैठक, प्रचण्ड-माधव पेरिसडाँडामा, बालुवाटारमा ओली समूह

नेकपा दुवै समूहको स्थायी समिति बैठक, प्रचण्ड-माधव पेरिसडाँडामा, बालुवाटारमा ओली समूह

nekapa-newskarobar

राजनीतिक रुपमा विभाजित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै समूह स्थायी समिति बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली समूह बालुवाटारमा बैठक बस्न लागेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल समूहले भने पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएको छ ।

प्रचण्ड-माधव समूहले सडक संघर्षको आगामी रणनीति र पार्टी एकताका बाँकी कामका विषयमा छलफल गर्ने तयारी गरेको छ । बालुवाटारमा औपचारिक बैठक नभनिए पनि सदस्यहरुसँग प्रधानमन्त्रीले छलफल गर्न लागेको बताइएको छ ।

प्रकाशित समय १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु