गृहपृष्ठ ट्युनिसियाविरूद्ध बेल्जियम ५-२ ले विजयी
ट्युनिसियाविरूद्ध बेल्जियम ५-२ ले विजयी
रूसमा जारी विश्वकप फुटबलकाे शनिबारकाे खेलमा बेल्जियम ५-२ गाेल अन्तरले विजयी भएकाे छ । गाेलकाे वर्षा भएकाे खेलमा बेल्जियमले ट्युनिसियालार्इ फराकिलाे गाेल अन्तरले पराजित गरेकाे हाे ।
मस्कोस्थित स्पार्टक रंगशालामा बेल्जियमका इडेन हाजार्डले खेल सुरु भएको ६ मिनेटमै पेनाल्टीमार्फत गोल गरी बेल्जियमलाई अग्रता दिलाएका थिए । ट्युनिसिया बेन युसुफले डी एरियाभित्र हाजार्डलाई लडाएपछि बेल्जियमले पेनाल्टी अवसर पाएको हो । उक्त अवसरलाई हाजार्डले चुकाएनन् । खेलकाे १५ अाैं मिनेटमा बेल्जियमका ४५ वर्षिय राेमेरू लुकाकाेले गाेल गर्दै अग्रता दाेब्बर पारेका थिए ।
तर, १८ अाैं मिनेटमा ट्युनिसियाका डेलन ब्रोनले गोल गरी खेललाई बराबरीमा फर्काए । ब्राेनले गरेकाे गाेलसँगै ट्युनिसिया खेलमा फर्कने अपेक्षा उसका समर्थकलार्इ थियाे । तर, पहिलाे हाल्फकाे अतिरिक्त समयमा लुकाकुले पुनः गाेल गर्दै खेल ३-१ काे स्थितिमा पुर्याए ।
दोस्रो हाफको ५१ औं मिनेटमा हाजार्डले व्यक्तिगत दोस्रो गोल गरेपछि बेल्जियम ४–१ ले अगाडि भयो । गाेलकाे वर्षा भएकाे खेलमा बेल्जियम यतिमा मात्र राेकिएन । खेलकाे ९० औं मिनेटमा बेल्जियमका मिच्ची बात्शुयेइले गोल गरी खेललार्इ ५-१ काे स्थितिमा पुर्याए ।
दाेस्राे हाल्फकाे इन्जुरी समयमा ट्युनिसियाका वाबी खाज्रीले दाेस्राे गाेल गर्दै खेललार्इ ५-२ काे स्थितिमा पुर्याए पनि हारबाट टार्न भने सकेनन् ।
समूह जी मा रहेको बेल्जियमले ट्युनिसियाविरुद्ध जित निकालेसँगै ६ अंक जोडेर नकआउट चरणको सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा बेल्जियमले पानामालाई ३–० ले हराएको थियो । अन्तिम खेलमा बेल्जियमले यो समूहकै अर्को बलियो टोलि इंग्ल्यान्डसँग खेल्नेछ । हारपछि ट्युनिसियाको दोस्रो चरणको ढोका बन्द भएको छ ।
प्रकाशित समय २०:२० बजे

















