गृहपृष्ठ राष्ट्रिय कविता महोत्सवमा फूलमान प्रथम

राष्ट्रिय कविता महोत्सवमा फूलमान प्रथम

काठमाडौ । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव (२०७५) मा काभ्रेका फूलमान बलको कविता ‘इन्द्रेणीको गीत’ ले प्रथम पुरस्कार प्राप्त गरेको छ । शनिबार प्रतिष्ठानको ६१ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता प्रतियोगिता कार्यक्रममा वाचनका लागि छानिएका ३६ कवितामध्ये बलको कविता प्रथम बन्न सफल भएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जीवेन्द्रदेव गिरीद्वारा जारी विज्ञप्ति अनुसार प्रतियोगितामा धादिङकी कवयत्री सुनिता खनालको ‘श्यामश्वेत फोटो’ले द्वितीय स्थान हासिल गरेको छ । तेह्रथुमकी एलिना दुलालको ‘लाहुरेकी स्वास्नी’, रामेछापका जीवन खत्रीको ‘एउटा अर्को प्यास’ र मोरङकी मेनुका चापागाईंको ‘बिराएछु बाटो’ शीर्षकका कविताले तेस्रो स्थान प्राप्त गर्न सफल भए ।

प्रकाशित समय २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु