गृहपृष्ठ प्रधानमन्त्री अाेली साँढे १० मा काठमाडाैं अाइपुग्दै
प्रधानमन्त्री अाेली साँढे १० मा काठमाडाैं अाइपुग्दै
चीनको ६ दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्कंदै छन् ।
५ असारमा एक सय १९ सदस्यीय जम्बो टोलिसहित चीन प्रस्थान गरेका ओली विहान साढे १० बजे त्रिभुवन विमानस्थलमा अबतरण गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।
चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिन पिङ, चिनियाँ समकक्षी ली खछ्याङलगायत उच्च नेताहरुसँग भेटवार्ता गरेका थिए । त्यसत्र क्रममा दुई देशबीच १४ बुँदे सम्झौता भएको छ ।
भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल परियोजना, दुई परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, दुई देशबीचको सम्बन्ध मजबुत गर्ने, कार्गो सञ्चालनमा तिब्बतको राजमार्ग प्रयोग, रसुवागढीमा पुल निर्माण, मितेरीपुल निर्माण, ऊर्जा सहकार्य, उत्पादनमा लगानी तथा सहकार्य, मानव स्रोत सहकार्य, आर्थिक र प्राविधिक सहकार्य लगायतका सम्झौता भएका छन् । सरकारले चीन भ्रमण निकै सफल र उपलब्धिमूलक भएको जनाएको छ।
प्रकाशित समय ०९:३५ बजे

















