गृहपृष्ठ ब्राजिल क्वाटरफाइनलमा, मेक्सिकाे घर फर्कियाे
ब्राजिल क्वाटरफाइनलमा, मेक्सिकाे घर फर्कियाे
विश्वकप फुटबलअन्तर्गत साेमबारकाे खेलमा ब्राजिल २-० गाेलका साथ विजयी भएकाे छ । साेमबार भएकाे प्रि-क्वाटरफाइनलमा ५ पटककाे विश्व च्याम्पियन ब्राजिलले चीर प्रतिद्वन्दी मेक्सिकाेलार्इ पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेकाे हाे ।
दोस्रो हाफको ५१अाैं मिनेटमा ब्राजिलका नेइमारले गोल गर्दै टिमलार्इ अग्रता दिलाएका हुन् । खेलकाे ८८ अाैं मिनेटमा फर्मिनीयाेले गाेल गर्दै ब्राजिलकाे अग्रता दाेब्बर पारे ।
याे संगै ४१ पटक अामनेसामने भएका यी दुर्इ टिममध्ये २४ वटा खेलमा ब्राजिलले जित हात पारेको छ । १० वटा खेल मेक्सिकोले जितेको छ भने सातवटा बराबरीमा टुंगिएका छन् ।
विश्वकप फुटबलमा यसअघि ब्राजिल र मेक्सिको पाँच पटक प्रतिस्पर्धा गरेकामा ब्राजिलले १३ गोल गरेको छ भने मेक्सिकोले कुनै गोल गर्न सकेको छैन । सन् २०१४ को विश्वकपमा ब्राजिल र मेक्सिकोले बराबरी खेलेका थिए ।
प्रकाशित समय २१:३७ बजे

















