गृहपृष्ठ उत्कृष्ट खेले पनि हार्यो जापान, बेल्जियम क्वार्टरफाइनलमा
उत्कृष्ट खेले पनि हार्यो जापान, बेल्जियम क्वार्टरफाइनलमा

बेल्जियमविरुद्ध अग्रता जोगाउन नसक्दा एशियाली मुलुक जापानको फुटबल टोली विश्वकपबाट बाहिरिएको छ । बेल्जियमले पनि पराजित हुन लागेको खेलमा उत्कृष्ट पुनरागमन गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।
इन्जुरी समयमा नासेर चाड्लीले गोल गरेपछि जापान ३–२ गोल अन्तरले पराजित हुन पुगेको हो । २–२ को बराबरीमा सकिन लागेको खेलमा ४ मिनेट इन्जुरीको अन्तिम मिनेटमा काउन्टर एट्याकमा उत्कृष्ट मुभ बनाउँदै बेल्जियमले तेस्रो तथा निर्णायक गोल गरेको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा जापानले ४ मिनेटको फरकमा २ गोल गर्दै अग्रता लिएको थियो । जवाफमा बेल्जियमले पनि ५ मिनेटको फरकमा २ गोल नै गर्यो ।
रोर्बेटो फिलानीले ७४ औं मिनेटमा गोल गरेसँगै खेल २–२ को बराबरीमा पुगेको थियो । कप्तान इडेन हाजार्डको क्रसमा फिलानीले हेडमार्फत गोल छिराएका थिए ।
दोस्रो हाफ सुरु भएको सात मिनेट भित्र जापानले २–० को अग्रता लिएको थियो । जापानका लागि ४८ औं मिनेटमा गेन्की हारागुचीले गोल गरेका थिए ।
दबाबमा परेको बेल्जियमविरुद्ध ताकासी इन्युले ५२ औं मिनेटमा अर्को गोल थपेका थिए । बराबरीमा पुगेको खेलमा बेल्जियमले पुनरागमन गर्यो र क्वाटर फाइनलमा स्थान सुरक्षित गर्यो । अब उसको भेट ब्राजिलसँग हुनेछ ।
प्रकाशित समय ०७:२७ बजे