गृहपृष्ठ प्रदेश प्रमुख हटाउने विषयमा छलफल नै भएको छैन : कानुनमन्त्री

प्रदेश प्रमुख हटाउने विषयमा छलफल नै भएको छैन : कानुनमन्त्री

pradesh_pramukh_sapath-newskarobar

सरकारले प्रदेश प्रमुखहरूलाई हटाउने सम्बन्धमा कुनै पनि निर्णय नगरेको जनाएको छ । विभिन्न सञ्चारमाध्यबाट प्रदेश प्रमुख हटाउने भन्ने अड्कालबाजी सार्वजनिक भइरहँदा सरकारले प्रदेश प्रमुख फेर्ने विषयमा छलफल नै नभएको प्रस्ट पारेको हो ।

पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले खारेज गरेसँगै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ‘प्रदेश प्रमुखलाई राजीनामा गर्न दबाब दिइएको’ भन्ने खबर आएका थिए । तर, प्रदेश प्रमुखलाई फिर्ता बोलाउने कुनै निर्णय नभएको र अबको कार्यसूचीसमेत नरहेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादु तामाङले बताए । ‘निर्वाचन आचारसंहिता लागू भएपछिका असंवैधानिक राजनीतिक नियुक्तिमात्र खारेज गरिएको हो, कानुनसम्वत् गरिएका संवैधानिक नियुक्ति यथावत् छन्,’ न्युज कारोबारसँग उनले भने, ‘प्रदेश प्रमुख हटाइएका कुरा, हटाउने तयारी भएका कुरा, राजीनामा दिन लगाइएका कुरा सबै गलत हुन् । यस विषयमा केही निर्णय भएको छैन, कुनै तयारी पनि छैन ।’

सरकारले गरेका निर्णयलाई अतिरञ्जित गर्न र सरकारका सकारात्मक कामलाई समेत बदनाम गर्न यी विषयमा हल्ला चलाइएको उनले बताए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति सरकारले शुक्रबार खारेज गरिदिएपछि ‘प्रदेश प्रमुखको पद के हुन्छ’ भन्ने बारेमा धेरैको चासो छ ।

प्रकाशित समय २०:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु