गृहपृष्ठ प्रदेश संसदमा समान सुरक्षा व्यवहार र सुविधासम्बन्धी विधेयक पेस

प्रदेश संसदमा समान सुरक्षा व्यवहार र सुविधासम्बन्धी विधेयक पेस

pradesh samsad-newskarobar

प्रदेश १ संसदमा अन्तरप्रदेश बासिन्दाको समान सुरक्षा व्यवहार र सुविधासम्बन्धी विधेयक पेस भएको छ । सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सोमबारको संसद बैठकमा विधेयक पेस गरेका हुन् ।

अन्य मुलुक र अन्य प्रदेशबाट १ नम्बर प्रदेशमा आएका नागरिकलाई हेर्ने नजर कस्तो हुने भन्ने विषयमा र के–कस्ता सुविधा प्राप्त गर्ने भन्ने विषय उक्त विधेयकमा रहेको मन्त्री कार्कीले संसदमा जानकारी गराए ।

विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद विमल कार्कीले अन्य देश र प्रदेशबाट बसोबास गर्न आउनेका लागि नेपालको अल्पसंख्यक जाति र विशेषताअनुसारको भूगोल संरक्षित अवस्थामा रहने ग्यारेन्टी गर्नुपर्नेमा जोड दिए । कार्कीले विधेयकमाथि दफावार छलफलका लागि विधायन समितिमा लैजान माग पनि गरे । यस्तै, सांसद राजकुमार ओझा र सांसद शान्तादेवी पौडेलले विधेयक उपर्युक्त समयमा आएको टिप्पणी गरे ।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले नेपालको संविधान र संघीय कानुनको मर्मअनुसार ल्याइएको विधेयक प्रदेश १ का लागि उपर्युक्त भएको बताए । संसदमा प्रस्तुत भएको विधेयकमा संशोधन दर्ताका लागि ७२ घण्टाको समय दिइएको छ । प्रदेशसभाको अर्को बैठक असार ३१ गते बस्नेछ ।

प्रकाशित समय २०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु