गृहपृष्ठ प्रदेश १ को राजधानी र नाम टुंग्याउन सांसदको माग

प्रदेश १ को राजधानी र नाम टुंग्याउन सांसदको माग

pradesh-1-newskarobar

प्रदेश १ मा अझैसम्म प्रदेशको नाम र स्थायी राजधानी दुईवटै विषयले औपचारिक प्रवेश पाएको छैन । यी विषय टुंग्याउन ढिलाइ भएको विषयमा प्रदेशसभाका सांसदले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रदेश नम्बर ४ ले भर्खरै प्रदेशको नाम गण्डकी राख्यो भने राजधानी पोखरालाई तोक्यो । प्रदेश नम्बर ६ ले सबैभन्दा पहिले प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेतलाई तोकिसकेको छ ।

प्रदेशसभा गठन भएको ६ महिनाभित्र प्रदेशको नाम र राजधानीको विषय टुंग्याउनुपर्ने दबाबमा छन् अन्य प्रदेश पनि । तर, नम्बर र सामथ्र्यका हिसाबले सबैभन्दा अब्बल रहेको प्रदेश १ पछि पर्दै गएको भन्दै प्रदेशसभाका सांसदले असन्तुष्टि व्यक्त गरेका छन् ।

संघीय समाजवादी फोरम नेपालका प्रदेश १ का संसदीय दलका नेता जयराम यादवले प्रदेश १ ले अब राजधानी र नाम टुंग्याउन ढिला गर्न नहुने बताए । अहिलेसम्म सत्तापक्षको दलमा होस् या विपक्षी दलमा पनि यो विषयले औपचारिक प्रवेश नपाउँदा १ नम्बर प्रदेश पछाडि पर्ने हो कि भन्ने चिन्ता सांसदहरुमा छ ।

नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका सचेतक केदार कार्कीले भने अब राजधानी र नामका विषयमा प्रदेश सरकारले कानमा तेल हालेर बस्न नहुने बताए । कामका आधारमा पनि १ नम्बरमा रहनुपर्ने प्रदेश आफ्नै कारण पछि पर्न हुँदैन । सत्तापक्षका सांसद पनि अब प्रदेशको नाम र राजधानीको विषय टुंगो लगाउन विलम्ब गर्न नहुने पक्षमा छन् ।

जतिसक्दो छिटो यो विषय टुंग्याएर विकास र समृद्धिको काम अगाडि बढाउनुपर्नेमा उनीहरुको जोड छ । प्रदेशको नाम राख्ने र राजधानी तोक्ने कुरालाई आमसर्वसाधारणले चासोका साथ हेरेका छन् ।

प्रकाशित समय १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु