गृहपृष्ठ विश्वकप : इंग्ल्याण्डलाई हराउँदै बेल्जियम ‘थर्ड’
विश्वकप : इंग्ल्याण्डलाई हराउँदै बेल्जियम ‘थर्ड’

बेल्जिय विश्वकप फुटबलमा ‘थर्ड’ भएको छ । सेन्ट पिटर्सबर्गमा शनिबार राति भएको खेलमा इंग्ल्याण्डलाई २–० गोलअन्तरले पराजित गर्दै बेल्जियमले तेस्रो स्थान पक्का गरेको हो । खेलको चौथो मिनेटमै थोमस म्युनियरले गोल गरेर बेल्जियमलाई अग्रता दिलाएका थिए । इंग्ल्याण्डले केही प्रहार गरेपनि कामयाम हुन सकेन ।
दोस्रो हाफपछि इंग्ल्याण्डले पेलेको थियो । तर, इडेन हजार्डले ८२ औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई २–० गोलको अग्रता दिलाए । त्यसपछि पुनः बेल्जियमले बल नियन्त्रणमा राख्यो र इंग्ल्याण्डविरुद्ध २–० गोलको अग्रतालाई अन्तिम नतिजा बनाइदियो ।
सेमिफाइनलमा फ्रान्ससँग बेल्जियम १–० ले पराजित भएको थियो । यस्तै सुरुमा अग्रता लिएर पनि युवा खेलाडीले भरिएको इंग्ल्याण्ड क्रोएसियासँग पराजित भएको थियो । इंग्ल्याण्डलाई २–१ ले हराउँदै क्रोएसियाले भने पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाएको छ । इंग्ल्याण्ड र बेल्जियम समूह चरणमा एउटै समूहमा थिए । समूह चरणको अन्तिम खेलमा बेल्जियमले इंग्ल्याण्डलाई १–० ले पराजित गरेको थियो । उपाधिका लागि आइतबार क्रोएसिया र फ्रान्स भिँड्नेछन् ।
प्रकाशित समय २१:५० बजे