गृहपृष्ठ उदयपुरमा जन्ती बोकेको बस सडकबाट खस्यो, एकजनाको मृत्यु
उदयपुरमा जन्ती बोकेको बस सडकबाट खस्यो, एकजनाको मृत्यु
उदयपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भारतको फारबिसगञ्जबाट जन्ती लिएर आएको बिआर ११ ज ४४२८ नम्बरको बस दुर्घटना हुँदा भारतीय नागरिक ३२ वर्षीय मनोज दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नवराज भट्टले न्यूज कारोबारलाई जानकारी दिए ।
यो दुर्घटना आइतबार राति उदयपुरको त्रियुगा नगरपालिका–६ मा भएको हो । केही घाइतेको गाइघाटमा उपचार भइरहेको छ र उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । बिहेको जन्ती बोकेर भारतीय बस भारतको फारबिस गञ्जबाट उदयपुरको जलजले आएको थियो । बसका चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०९:१५ बजे

















