गृहपृष्ठ अाजकाे संसद बैठक पनि अवरूद्ध
अाजकाे संसद बैठक पनि अवरूद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको बैठकमा पनि अवरुद्ध गरेको छ । सभामुख कृष्णबहादुर महराले सरकारको धारणा राख्न दिन आग्रह गरेको भए पनि कांग्रेसका सांसदहरुले सांसद बैठक अवरुद्ध पारे ।
नेपाली कांग्रेसका सांसदहरुले जुम्लामा अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन हुने गरी राष्ट्रिय चिकित्सा विधेयक ल्यउन माग गरेका छन् । सोमबारको संसद बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आफ्ना धारणा राख्ने समयनै नदिई कांग्रेस सांसदले बैठक अवरुद्ध पारेका हुन् ।
बैठक सुरु हुनासाथ कांग्रेसकी सचेतक पुस्पा भूसालले डा. गोविन्द केसीसँग वार्ता गर्नुपर्ने माग गरेकी थिइन् । उनले जुम्ला गएर डा. केसीसँग वार्ता गर्न सरकारसँग माग गरेकी हुन् । सोमबार प्रतिनिधि सभा बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्ने कार्यसूची थियो ।
प्रकाशित समय १६:३८ बजे