गृहपृष्ठ डा. केसीका प्रतिनिधिसँग वार्ता सुरू

डा. केसीका प्रतिनिधिसँग वार्ता सुरू

govinda-kc-NewsKarobar

अनशनरत डा. गाेविन्द केसीका प्रतिनिधि र सरकारी टाेलीबीच वार्ता सुरू भएकाे छ । चिकित्सा शिक्षा सुधारकाे मागसहित डा. केसी जुम्लामा १७ दिनदेखि अामरण अनशनमा छन् ।

सरकारले डा. केसिसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव खगराज बरालकाे नेतृत्वमा वार्ता टाेली गठन गरेकाे थियाे । सरकारी वार्ता टाेलीमा गृह मन्त्रालयका सहसचिव केदार न्याैपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक गुणराज लाेहनी सदस्य छन् ।

सरकारी वार्ता टाेलीले डा. केसीका प्रतिनिधि बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता अाेमप्रकाश अर्याल र डा. अभिषेकराज सिंहलगायत सहभागी टाेलीसँग वार्ता सुरू गरेकाे हाे । वार्ता राति अबेरसम्म चल्नसक्ने बताइएकाे छ ।

प्रकाशित समय २०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु