गृहपृष्ठ सरकारलाई चिकित्सक संघको ४८ घण्टे अल्टिमेटम

सरकारलाई चिकित्सक संघको ४८ घण्टे अल्टिमेटम

chikitshak-newskarobar फाइल तस्बिर

अनशनरत डा. गोविन्द केसीको माग पूरा गर्न सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले बिहिबारदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको छ । संघले डा. केसीका माग पूरा गर्न सरकारलाई ४८ घण्टे अल्टिमेटम दिँदै यस्तो निर्णय गरेको हो ।

संघले तोकिएको समयसीमामा डा. केसीका माग पूरा नभए बिहिबारबाट मुलुकभरका सम्पूर्ण अस्पताल, क्लिनिक लगायतमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको हो । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले डा. केसीको जीवन रक्षाका लागि सरकारले कुनै चासो नदेखाएको आरोप लगाएको छ ।

विज्ञप्तिमार्फत सरकारमा जिम्मेवारीबोध नदेखिएको भन्दै संघले गम्भीर चिन्ता प्रकट गरेको छ । आफुले दिएको समयसीमाभित्र पनि डा. केसीका माग पूरा नभए साउन ३ देखि देशभरका सम्पूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहरुमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गरिने निर्णय गरेको संघले जनाएकाे छ ।

प्रकाशित समय २०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु