गृहपृष्ठ वरिष्ठ कृषि विकास अधिकृत यादव घुससहित पक्राउ
वरिष्ठ कृषि विकास अधिकृत यादव घुससहित पक्राउ

प्रधानमन्त्री कृषि आधुनिकीकरण सुपर जोन परियोजनाका कैलालीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रामनन्दन यादवलाई २५ हजार घुस सहित अख्तियारको टोलीले पक्राउ गरेको छ । कैलारी गाउँपालिका-८ मा रहेको कार्यालयमा सेवाग्राहीबाट घुसबापत लिएको २५ हजार नगदसहित यादव रंगेहात पक्राउ परेका हुन् ।
गहुँवालीको चक्रको वृत्तचित्र निर्माण गर्ने सम्झौताअन्तर्गत भ्याटसहित ५० हजारको काममा ५० प्रतिशत अर्थात २५ हजार घुस खाने क्रममा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले पक्राउ गरेको जनाएको छ । वृत्तचित्र निर्माणका लागि काम पाएका पत्रकार सुशील ढुंगानावाट रकम लिने क्रममा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । वरिष्ठ अधिकृत यादवलाई थप कारबाहीका लागि बुधबार काठमाडौं पठाइने भएको छ ।
प्रकाशित समय १८:५१ बजे