गृहपृष्ठ डा. केसीलाई भेट्न गएका मुख्यमन्त्रीलाई समर्थकको अवरोध

डा. केसीलाई भेट्न गएका मुख्यमन्त्रीलाई समर्थकको अवरोध

जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई भेट्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायतलाई उनका समर्थकले अस्पतालमा प्रवेशमा अवरोध गरेका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही र गृहमन्त्री नरेश भण्डारीलाई केसीका समर्थक विद्यार्थीले अस्पताल प्रवेश गर्न नदिएका हुन् ।

सरकारले यसअघि डा. केसीलाई उपचारार्थ काठमाडौं ल्याउने तयारी गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रदेश सरकारको सहयोगमा डा. केसीलाई काठमाडौं ल्याउने तयारी भएको बताएका थिए । सरकारको सोही तयारीअनुरुप उनलाई लिन हेलिकप्टरसमेत पठाइएको थियो । तर, केसी आउन नमानेपछि हेलिकप्टर रित्तै फर्किसकेको छ ।

प्रकाशित समय १२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु