गृहपृष्ठ कम्युनिष्ट सरकार गलत बाटोमा हिँड्यो : राज्यमन्त्री रज्जाक

कम्युनिष्ट सरकार गलत बाटोमा हिँड्यो : राज्यमन्त्री रज्जाक

butwal news-newskarobar

पूर्वखानेपानी राज्यमन्त्री अब्दुल रज्जाकले ओली नेतृत्वको सरकार समाजवाद भन्दै उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् । जनताको भावना र मर्मविपरीत अघि बढेको सरकारको पछिल्ला गतिविधि दुःखदायी भएको भन्दै उनले गलत रवैयाले सरकारले आफ्नै आयु घटाइरहेको जिकिर गरे । ओली सरकार जनउत्तरदायी बन्न नसकेको बरु निरंकुश बन्दै गएको उनको आरोप छ ।

बिपी स्मृति दिवसको पूर्वसन्ध्यामा बुटवलमा आयोजित कार्यक्रममा पूर्वसांसद तथा कांग्रेस रुपन्देहीका सभापति रज्जाकले बिपीको नीति अहिले पनि उत्तिकै सान्दिर्भिक रहेको चर्चा गरे । रञ्जाकले मुलुकमा लोकतन्त्र स्थापित गर्न पनि बिपिकै योगदान रहेको बताए ।

बीपीको सिद्धान्तअनुसार कांग्रेस चल्न सकेन

प्रदेशसभा ५ सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले बीपीको सिद्धान्तअनुसार कांग्रेस चल्न नसकेको बताएका छन् । ‘अहिलेका नेता आफू नै बोलेको ठीक भन्ने तर अरुको कुनै विचार नै नलिने, नसुन्ने गर्छन् त्यो गलत हो,’ बिपीका सहयात्रीसमेत रहेका पोखरेलले भने, ‘बीपीले पहिलो देश, दोस्रोे प्रजातन्त्र र तेस्रो कांग्रेसलाई महत्व दिनुुहुन्थ्यो, म मरेर केही हुन्न देश रहनुपर्यो भन्नुहुन्थ्यो, यस्तो भावना अहिले कुनै नेतामा छैन ।’

भारतमा रहँदा बिपी र पुष्पलालको दैनिक भेट हुने गरेको उनले स्मरण गरे । ‘आर्थिक नीति तिम्रो, प्रजातान्त्रिक राजनीति मेरो भनेर बिपीले पुष्पलाललाई सम्झाउनुहुन्थ्यो, अहिले बिपीलाई लान्छना लगाउनु गलत हो,’ पोखरेलले भने ।

प्रकाशित समय २२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु